Sunday, December 7, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विविध कार्यक्रमसहित बायो–इथिक्स दिवस सम्पन्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८०
in विविध, समाचार
0
विविध कार्यक्रमसहित बायो–इथिक्स दिवस सम्पन्न
101
SHARES
Share on FacebookShare on Twitter

धरान : ‘भावी पुस्तारूको संरक्षण’ भन्ने सन्देशसहित विविध कार्यक्रमहरू गरी सन् २०२३ को बायो–इथिक्स दिवस मनाइएको छ ।

वर्तमान मानव जातिले क्रियाकलाप, ब्यवहार, पेशा, निर्णय गर्दा भावीे पुस्ताको हित, कल्याणबारे विचार पु¥याउनुपर्ने आवश्यकतातिर झक्झक्याउँदै बायोइथिक्स दिवस अक्टोवर १९ को उपलक्ष्यमा कार्यक्रम सम्पन्न भयो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुको सहभागिता थियो ।

यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर १४ का दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।

नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका शैक्षिक डिन प्रा.डा. शिवेन्द्र झाले शुभकामना तथा बधाई सन्देस दिए ।

नेपाल एकाईका प्रमुख प्रा.डा. धनरत्न शाक्यको परिचयात्मक र स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम बायोइथिक्स विद्यार्थी संकायका अक्षता वस्ती र क्रिस रौनियारले सञ्चालन गरे ।

कार्यक्रममा डा. गजेन्द्र बिराजी, प्रतियोगिताका निर्णायकहरुका तर्फबाट बसन्त गेलाल र विद्यार्थी ओमकुमारले आआºना प्रस्तुति राखे जसमा प्रा.डा. शाक्यको समापन मन्तब्य थियो ।

विद्यार्थी संकायका सल्मान हैदर हुसेन र रिचा कोइरालाले संकायका विविध कार्यक्रम र अनुभवहरुका बारेमा बोले भने यस अवसरमा सम्पन्न विविध प्रतियोगिताहरुका निबन्ध, कविता, चित्रकला पोस्टर, शोध पोष्टर, फोटोहरु र नाटकको पनि प्रस्तुति थियो ।

यस वर्ष सम्पन्न विविध प्रतियोगिताहरुका परिणामको पनि घोषणा भयो । प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. अशोक ऐर र बसन्त गेलाल निर्णायक रहेको फोटोग्राफीमा सुरजा शाक्य, आसु झा र डा. शशांक भट्टराई प्रथम, द्वितीय र तृतीय भए ।

त्यस्तै, प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. सरुन कोइराला, डा. किशोर गुरुङ र बसन्त गेलाल निर्णायक रहेको आर्ट पोष्टरमा रजनी न्यौपाने, असिम भट्टराई र सुरजा शाक्य; प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के र बसन्त गेलाल निर्णायक रहेको अनुसन्धान पोष्टरमा चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोली र सिद्घार्थ गुप्ता, बालिका दाहाल, नकेन्द्र मल्ल, रिजन मल्लको टोली; प्रा.डा. धनरत्न शाक्य, खेम सुबेदी र डा. रिता खड्का निर्णायक रहेको निबन्धमा डा. सत्यम मण्डल, ओमकुमार र पपुलर पोखरेल तथा प्रा.डा. धनरत्न शाक्य, डा. अशोक ऐर, डा. किशोर गुरुङ र डा. रिता खड्का निर्णायक रहेको कविता प्रतियोगितामा सुयोग झा, बिक्रम राना र पपुलर पोखरेल पुरस्कृत भए । नेपालका तर्फबाट सहभागी प्रा.डा. धनरत्न शाक्यबाट निर्देशित चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाह टोलीको अनुसन्धान पोस्टरका लागि नेपाल यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा तृतीय भएको छ ।

कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभागका प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन् गर्ने यस्ता अबसर र कार्यक्रमहरू नियमित र बिस्तारित हँुदै जाने शुभेच्छा राखे ।

उनले यस वर्षको नाराले वर्तमान पिँढीलाई भावी पुस्ताको लागि पनि साधनश्रोत, स्वास्थ्य, संस्कार, नीति, क्षमता र अधिकार सुनिश्चित हुने हिसाबले ब्यवहार गर्न, निर्णय लिन र जीवन जिउन आव्हान गरेको धारणा राखे । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ ।

युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएकोछ ।

 

Tags: #धरान#वीपी प्रतिष्ठानदिवसवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते
FEATURE BREAKING

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

by टाकुरा न्यूज । इटहरी
मंसिर २०, २०८२
0

धरान : धरानमा पिकअप दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । धरान उपमहानगरपालिका–१३ शिवधारा...

खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला
विविध

खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला

by रासस
मंसिर २०, २०८२
0

खोटाङ : बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल...

ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

मंसिर २०, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

ब्राउनसुगरसहित तीन जना पक्राउ

मंसिर १९, २०८२
मोरङमा प्रहरी कार्यालय परिसरमै ५ हजार ५ सय किलो गाँजा खाल्डो खनेर नष्ट

मोरङमा प्रहरी कार्यालय परिसरमै ५ हजार ५ सय किलो गाँजा खाल्डो खनेर नष्ट

मंसिर १९, २०८२
खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु

मंसिर १९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

धरानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

मंसिर २०, २०८२
खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला

खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला

मंसिर २०, २०८२
ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

ओखलढुङ्गामा ज्यान दाउमा राखेर विद्यालय पुग्छन् विद्यार्थी

मंसिर २०, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

ब्राउनसुगरसहित तीन जना पक्राउ

मंसिर १९, २०८२



लाेकप्रिय

  • धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    462 shares
    Share 185 Tweet 116
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1340 shares
    Share 536 Tweet 335
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    384 shares
    Share 154 Tweet 96
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    232 shares
    Share 93 Tweet 58

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.