इटहरी : जग्गा बिक्री गरी पैसा नभएको चेक काटेर दिने इटहरीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी ६ का ५३ वर्षीय गङ्गाचरण साह रहेका छन् । चेक बाउन्सको अभियोगमा प्रहरी बृत्त गौशालाले पक्राउ गरी इटहरी प्रहरीलाई बुझाएको हो ।
जग्गाको कारोारब गर्दै आएका साहले जग्गा पास गरेर पीडितलाई पैसा नभएको खाली चेक दिएका थिए ।
तीन करोड ५० लाखको चेक बाउन्ससहित अदालतले बैँकिङ कसुर अपराधमा पक्राउ पुर्जी जारी गरेपछि गौशाला प्रहरीमार्फत पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिए ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
Discussion about this post