इटहरी : इटहरीका पत्रकार पीबी दियालीले उपचारमा सहयोग गरिदिन याचना गरेका छन् ।
दुवै मृगौला फेल भएकोले पत्रकार दियालीले उपचारका लागि सरकार, समाजिक संघसंस्था र सहयोगीहरूसँग सहयोगका लागि याचना गरेका हुन् ।
इटहरीमा बसेर दुई दशक बढीदेखि व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकार दियालीले आफनो दुवै मृगौला खराब भएको र उपचारका लागि आफूसँग आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि अनुरोध गर्न बाध्य भएको बताए ।
आफु मृगौला रोगी भएकोले उपचारका लागि सहयोग गर्न पत्रकार महासंघ केन्द्रिय र प्रदेश समितिलाई अनुरोध गरिसकेको पत्रकार दियालीले बताए ।
पत्रकार दियाली उच्च रक्त्तचाप र मधुमेहका बिरामी पनि छन् । लामो समय प्रेसर र डाइबेटिजको औषधि सेवन गरेकै कारण आफनो मृगौला खराब भएको हुनसक्ने उनको भनाइ छ ।
४८ वर्षीय उनी इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक छन् ।
दियाली हाल नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक छन् । उनका एक श्रीमती र एक छोरा छन् ।
Discussion about this post