तरहरा : तरहरा जेसीजले आफ्नो सप्ताह कार्यक्रम गजल साँझ गर्दै समापन गरेको छ ।
शनिबार इटहरी २० तरहरास्थितरुद्राक्ष पार्टी प्यालेसमा भएको गजल साँझ कार्यक्रममा धनकुटाका गजलकार अनन्त अनुराग र झापाका गजलकार लोकेन्द्र बञ्जाराले गजल प्रस्तुत गरे ।
उनीहरूले चार–चारवटा गजल सुनाउँदा हलले वाहवाही पाइरह्यो । गजल साँझ तथा समापन समारोह सुमन रेग्मीको संयोजकत्वमा सञ्चालन भएको थियो ।
समालोचक डा. रामजी तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तरहरा जेसीजका संस्थापक सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो ।
अध्यक्ष बहादुर तामाङका अनुसार यसअघि शुक्रबार तरहराको सगरमाथा खेल मैदानमा लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त प्रतियोगिता नौ टिम सहभागी थिए ।
रोशन भुजेलको संयोजकत्वमा सम्पन्न नृत्य प्रतियोगिता पश्चात हाउजी खेल समेत सञ्चालन गरिएको थियो । हाउजी खेलको संयोजक भने मदन बस्ने रहेका थिए ।
जेसीजले हरेक वर्ष सप्ताह कार्यक्रमको आयोजना गर्ने र यस वर्षपनि विभिन्न कार्यक्रमको आयोजना गरिएको अध्यक्ष तामाङले बताए ।
Discussion about this post