Monday, December 4, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

साइबेरियाबाट जाडो छल्न कोशीटप्पु आइपुगे चरा

रासस by रासस
प्रकाशित मिति : २०८० मंसिर २ गते, ९:११ बजे
0
साइबेरियाबाट जाडो छल्न कोशीटप्पु आइपुगे चरा
73
SHARES
Share on FacebookShare on Twitter

मोरङ : जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् ।

मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ ।

कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो ।

गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । तर हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस ९खोया हाँस० को सङ्ख्या घट्दो क्रममा रहेको प्रमुख गौतम बताउनुहुन्छ ।

“नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैन”, बर्ड वाचिङ क्याम्प कोशीटप्पुका सञ्चालक कुरमान मन्सुरीले भन्नुभयो, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।”

उहाँका अनुसार कोशीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ ।

वातावरण पत्रकार एवं उपप्राध्यापक रामचन्द्र अधिकारीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा हेर्न पाइन्छ । बेतना सिमसारमा ४९ प्रजातिका चरा रहेको तथ्याङ्क छ । यसमा ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा रहेको अधिकारीले जानकारी दिनुभयो ।

“कोशीटप्पुमा आउने प्रायःजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्, मङ्सिरदेखि फागुनसम्म नेपाल बाहिरबाट आउने चरा यहाँ बस्ने गरेको पाइएको छ”, उहाँ बताउनुहुन्छ ।

उत्तरी धुर्वमा हिमपातको सुरूआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ चरा बसाइँसरी आउने गर्छन् ।

बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्छन् ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् ।

जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।

आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् ।

उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्य चरामा  मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि भएको कोशी संरक्षण केन्द्रका प्रमुख गौतम बताउनुहुन्छ ।

Tags: #कोशीटप्पु#पर्यटन#भिजिट नेपाल#राससकोसी टप्पुचरा

सम्बन्धित समाचार

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

झापामा दुई मोटरसाइकल एकापसमा दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु

by रासस
प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:०८ बजे
0

झापा : झापाको मेचीमगर नगरपालिका १३ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्...

दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी
समाचार

मोरङमा झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्दाका फरार प्रतिवादी पक्राउ

by रासस
प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:४४ बजे
0

मोरङ : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्धाका एकजना...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ८:५५ बजे
वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:३० बजे
धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर घरमा लगाइयो आगो

धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर घरमा लगाइयो आगो

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:१२ बजे
कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि

प्रकाशित मिति : २०८० मंसिर १७ गते, १६:५३ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

झापामा दुई मोटरसाइकल एकापसमा दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:०८ बजे
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

मोरङमा झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:४४ बजे
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ८:५५ बजे
वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:३० बजे



लाेकप्रिय

  • इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम !

    इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम !

    1394 shares
    Share 558 Tweet 349
  • इटहरीमा यौन धन्दा चलाएको आरोपमा एक युवतीसहित दुई पक्राउ

    699 shares
    Share 280 Tweet 175
  • इटहरीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

    660 shares
    Share 264 Tweet 165
  • इटहरीको अम्बे सहकारीका अध्यक्षसहित पाँच पक्राउ, बचतकर्ताको रकम अपचलनको आरोप

    503 shares
    Share 201 Tweet 126
  • जग्गा कीर्ते गरेको आरोपमा इटहरीबाट एक युवक पक्राउ

    359 shares
    Share 144 Tweet 90
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana