टाकुरा न्युज
Sunday, June 22, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको अम्बे–कोसी सहकारीका अध्यक्ष कारागार चलान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : पुस १९, २०८०
0
इटहरीको अम्बे सहकारीका अध्यक्षसहित पाँच पक्राउ, बचतकर्ताको रकम अपचलनको आरोप
846
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा रहेको अम्बेकोसी बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष फणीन्द्रबहादुर मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत सुनसरीमा थुनछेक बहसपछि न्यायाधीश शम्भु गौतमको एकल इजलासले उनलाई कारागार चलान गर्ने आदेश गरेको हो ।

यस्तै, सहकारीका सञ्चालक समिति सदस्य शीला गजमेर पनि अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको जिल्ला अदालत सुनसरीका सूचना अधिकारी नवीन कोइरालाले जानकारी दिए ।

पुर्पक्षका लागि मगरलाई झुम्का कारागार चलान गरिएको छ भने गजमेरलाई जिल्ला कारागार कार्यालय मोरङ लगिएको छ ।

पक्राउ परेका लेखा सुपरीवेक्षण समितिका संयोजक राहुल अग्रवाल १० लाख र लेखा समितिकै सदस्य कुमार आले पाँच लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।

प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इनरुवाले ठगीका बारेमा सहकारीका अध्यक्ष मगरसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता गरेपछि प्रहरीले उनीहरूलाई एक महिनाअघि पक्राउ गरिएको थियो ।

११ जनाविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गरेपनि प्रहरीले भने चारजनालाई मात्र पक्राउ गरेको थियो ।

सहकारीका उपाध्यक्ष देवेन्द्र बस्नेत, सदस्य मीनकुमार आले मगर, सागर राई, टेक बहादुर चर्मकार, राजकुमार तामाङ, सहकारीका व्यवस्थापक भोजकुमार आले मगर र लेखा समिति सदस्य किरण आले भने अहिलेसम्म फरार रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सम्पूर्ण युनिटहरू मार्फत खोजी गरिए पनि पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ ।

सहकारी ऐन २०७४ अन्तर्गत दफा १२२ अन्तर्गत १० करोडदेखि माथि एक अर्बसम्म माग दाबी सहितको बिगो भएमा ६ वर्ष देखि ८ वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गर्ने उल्लेख छ ।

यता, अध्यक्षलाई मात्र कारागारमा हालेर अन्यलाई धरौटीमा छाडेकोप्रति पीडित सङ्घर्ष समितिले भने विरोध जनाएको छ ।

अम्बेकोसी बचत तथा ऋण सहकारी पीडित सङ्घर्ष समितिका संयोजक दुर्गा कोइरालाले अदालतको आदेशलाई सम्मान गर्ने भए पनि निर्णय चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाए ।

Tags: #इटहरी#सहकारीअम्बे बचतकारागारकारागार चलान

Related Posts

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’
FEATURE BREAKING

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ८, २०८२
0

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवादका कारण आइतबार बोलाइएको कार्यपालिका बैठक १५ मिनेटमै...

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन
समाचार

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ८, २०८२
0

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२
हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

प्रकाशित मिति : असार ८, २०८२
तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

प्रकाशित मिति : असार ८, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

इलाममा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवक–युवतीको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

प्रकाशित मिति : असार ८, २०८२
उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

प्रकाशित मिति : असार ८, २०८२
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२
हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

प्रकाशित मिति : असार ८, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3902 shares
    Share 1561 Tweet 976
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    757 shares
    Share 303 Tweet 189
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana