ओखलढुङ्गा : ओखलढुङ्गाको चम्पादेवीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
ओखलढुङ्गा सदरमुकामदेखि चम्पादेवी गाउँपालिकोको बिलन्दुतर्फ जाँदै गरेको लु ३ त ९९७४ नम्बरको ट्याक्टर चम्पादेवी गाउँपालिका ७ जोखरिया दुम्सेखोलामा अनियन्त्रित भइ ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्टरमा सवार सिद्विचरण नगरपालिका ७ का अन्दाजी २१ वर्षीय फुर्तेम्वा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक मोलुङ गाउँपालिका २ का अन्दाजी २५ वर्षीय अभय सुनुवारको टाउको र ढाडमा चोट लागेर गम्भीर घाइते भएका छन् । उनको ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post