झापा : झापाको विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ब्राउनसगुरको ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका ८ त्रिपुरा सुन्दरी बैतडीका २५ वर्षीय रोशन थापालाई बिर्तामोड नगरपालिका ३ बाट लागूऔषध ब्राउनसगुर ३९ ग्राम १० मिलिग्राम, मोबाइल १ थान र नगद एक हजार एक सय रुपैयाँसहित पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाट कमल गाउपालिका ५ का २० वर्षीय मनिस मगरलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ९ बाट स्थानीय २४ वर्षीय सुजन दाहाल र २६ वर्षीय भीष्म कँडेललाई लागूऔषध ब्राउनसगुर ८ ग्राम, नगद २ हजार र मोबाइल ३ थानसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post