झापा : झापास्थित गौरादह जेसीजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ ।
जेसीजले गौरादह नगरपालिका वडा नं. १ सँगको सहकार्यमा नाट्य कार्यशाला गोष्ठी सुरु गरेको हो ।
दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको नभएर अन्तर्राष्ट्रिय रूपमा समस्या र चुनौतीको विषय बनिरहेको अवस्थामा नाटकमार्फत जनचेतना फैल्याउन नाट्य कार्यशाला गोष्ठी सुरु भएको गौरादह जेसीजका अध्यक्ष खड्ग थापाले जानकारी दिए ।
दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउन, निबन्ध प्रतियोगिता, स्कुलमा गएर सचेतना फैल्याउने, वक्तृत्वकला प्रतियोगिता तथा नाटक प्रदर्शनमध्ये नाटक प्रदर्शन रोजेर सोही अनुसार अगाडि बढिएको अध्यक्ष थापाले बताए ।
कला, साहित्यको पनि विकास हुने र व्यवसायिक हिसाबमा नाटकलाई स्थापित गराउन उक्त नाट्य कार्यशाला कोशेढुङ्गा साबित हुने उनको विश्वास छ ।
नाट्य कार्यशालामा विभिन्न ठाउँ विभिन्न क्षेत्रका मानिसहरू सहभागी छन् ।
२२ जना सहभागी रहेको नाट्य कार्यशाला जेष्ठ ८ गतेसम्म चल्ने र ९ गतेदेखि विद्यालय, अभिभावक शिक्षक र विद्यार्थीहरूलाई लक्षित गरेर प्रदर्शनी गरिने अध्यक्ष थापाले जानकारी दिए ।
Discussion about this post