मोरङ : मोरङको कानेपोखरीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका १ होक्लाबारीका ११ वर्षीय बालकको मृत्यु भएको हो ।
स्थानीय युवराज राउतका छोरा प्राञ्जल राउतको सर्पले टोकेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
घरभित्रै सुतिरहेका बेला मंगलबार राति ११ः५५ बजेतिर प्रान्जललाई सर्पले डसेको बताइएको छ । तत्काल उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो ।
विषालु सर्पले डसेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा बुधबार बिहानका राति १ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post