मोरङ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नुपर्ने बताएका छन् ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी लिमिटेड संस्थाद्वारा शनिबार आयोजित सहकारी संस्थाहरूको सुसञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तक्रियामा उनले मझौला तथा उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
यसबाट कच्चा पदार्थमार्फत बाहिरिने विदेशी मुद्रा सञ्चिति पनि बचत हुने उनको भनाइ थियो । उनले भने, “गरिबी उत्थान र कृषि उत्पादनमा सरकारीको मुख्य जोड हुनुपर्छ ।”
Discussion about this post