Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

इटहरी वडा नं. ६ : यी हुन् दुई वर्षमा भएका काम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २, २०८१
in अन्तर्वार्ता, समाचार
0
इटहरी वडा नं. ६ : यी हुन् दुई वर्षमा भएका काम
140
SHARES
Share on FacebookShare on Twitter

इटहरी : व्यापारिक हबको रूपमा विकास भइरहेको सहर हो, इटहरी । यसको मुख्य बजार क्षेत्रमै पर्छ वडा नम्बर ६ । सहरको बीच रहेको वडामा सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सबै सुविधा उपलब्ध छ । अन्य वडालाई यी पूर्वाधार पु¥याउन हैरानी छ ।

वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलका अनुसार बाहिरबाट हेर्नु र कुर्सीमा बसेर काम गर्नुमा धेरै अन्तर रहेको छ । उनले भने, ‘गर्नै नचाहनेलाई त यहाँ सबै पुगेकै छ । तर, केही गर्छु भन्नेलाई कामै काम छ । काम पो कति गर्न सकिने हो ?’

वडाध्यक्ष भएपछि उनका लागि चुनौती थियो मुख्य बजारलाई डुबानबाट कसरी बचाउने । त्यो चुनौती अहिले पनि छ । डुबान रोक्न रोकिएका ब्लकेज खोल्ने काम पोख्रेलले सुरु गरे । बषौँदेखि पुरिएका ड्रेन सफा गरिएको उनको भनाइ छ ।

निर्वाचित भएपछि सुरु भएको ड्रेन सफाइ अभियान अहिले पनि जारी छ । भर्खरै मात्र सङ्गीत चोक जाने बाटोमा अतिक्रमित रेडक्रस भवन भत्काएर बेलाहा पैनी सफा गरिएको छ । पैनी माथि बनेका घरहरू पनि भत्काएर सफा गर्ने काम निरन्तर चल्ने अध्यक्ष पोख्रेल बताउँछन् ।

ट्राफिक लाइट र पार्किङ

बढ्दो ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न प्रदेश सरकारको सहयोगमा इटहरीमा ट्राफिक लाइट जडान भयो । आफ्नै अगुवाइमा ट्राफिक लाइट जडान भएको उनको दाबी छ ।

मुख्य चोकमा सडक नै ढाकेर सवारी साधनको पार्किङले सहर कुरुप र थप साँघुरो बनेपछि पार्किङलाई पश्चिम लाइन ट्राफिक कार्यालय नजिकै स्थानान्तरण गरिएको छ ।

डिजिटल इटहरीको सुरुवात

वडा कार्यालयले डिजिटल नम्बर प्लेट वडावासीलाई वितरण गरेको छ । व्यवसायिक हब भएकाले यो आवश्यक पनि हो । गुगलको प्लस कोड अनुसार डिजिटल नम्बर प्लेट वितरण गरिएका कारण सहजै घर तथा ठाउँ पहिचान गर्न सजिलो भएको छ । यसलाई विस्तार गर्दै डिजिटल सेवा थप विकास र विस्तार गर्ने वडा नम्बर ६ ले बनाएको छ ।

भौतिक पक्षमा मात्रै नभएर सामाजिक क्षेत्रमा पनि काम गरेको वडाध्यक्ष पोख्रेल बताउँछन् । ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता घर घरमै पु¥याउने व्यवस्था मिलाएको उनले बताए । बैङ्कसँगको समन्वयमा बैङ्कले नै अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकहरूलाई घरमै भत्ता वितरण हुने गरेको छ ।

ज्येष्ठ नागरिकहरूका लागि वडा कार्यालय नजिकै भवन पनि बनाइदिएको अध्यक्ष पोख्रेलले बताए । उपमहानगर र वडाको संयुक्त लगानीमा भवन निर्माण गरिदिएको उनले जानकारी दिए ।

अबको ध्यान सहरको सौन्दर्यकरणमा हुने अध्यक्ष पोख्रेल बताउँछन् । यसको सुरुवात उनले खेती खोलाको किनारबाट गरेका छन् । नमुनाको रूपमा १ सय मिटर क्षेत्रफलमा खेतिखोला किनारमा रेलिङ लगाइएको छ,सडक बत्ती जडान गरिएको छ, । उपभोक्ता समिति मार्फत यो काम भएको हो ।

आगामी वर्ष इटहरीको मुख्य बजार भएर बग्ने टेँग्राखोला कोरिडोरलाई सौन्दर्यीकरण गरिने उनले योजना बनाएका छन् ।
मुख्य हाइवे क्षेत्रमा भने सौन्दर्यीकरणको काम गर्न समस्या भएको उनले बताए । सडक विस्तारको कामले समस्या भएको उनको भनाई छ ।

पोख्रेल वडाध्यक्षमा निर्वाचित भएको २ वर्ष पुरा भएको छ । उनै पोख्रेलसँग समसामयिक विषयमा गरिएको कुराकानी :

इटहरी वडा नम्बर ६ कस्तो वडा हो ?

इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्छ, वडा नम्बर ६ । व्यस्त सहरको बिचमा रहेकोले मानिसहरूको आउने जाने क्रम हुँदा अलि बढी भिडभाड हुने गर्छ । दैनिक १ लाख मानिसहरूको आवतजावत हुन्छ ।

व्यवसायीक र आर्थिक कारोबारको केन्द्र पनि हो । व्यापार व्यवसाय, बैङ्क वित्तीय संस्था तथा अन्य विभिन्न सामाजिक सङ्घसंस्थाका र सरकारी कार्यालय प्रदेश कार्यलयहरु पनि रहेका छन् ।

१ हजार ८ सय ४० घरधुरी सङ्ख्या छ भने यस वडामा ४ हजार ७ सय १५ मतदाता छन् । सबै जातजाति, धर्म सम्प्रदायका मानिसहरू मिलेर बसेका छन् ।

इटहरीको व्यस्त बजार भिडभाड धेरै हुन्छ ? यसलाई व्यवस्थापन गर्न वडा के के गर्नुभयो ?

मैले अघि पनि भने यो वडा व्यस्त बजार क्षेत्रमा पर्छ । सवारी साधनको बढी भिडभाड, मानिसहरूको बढी आवत जावत हुने भएकाले दिनभर जसो नै व्यस्त हुन्छ । वडा कार्यालयले ट्राफिक व्यवस्थापनका लागि समन्वयकारी काम गर्दै कोसी प्रदेशमै पहिलो पटक ट्राफिक लाइट जडान गर्ने काम भयो ।

प्रदेश सरकारले दिएको साढे २६ लाख पैसाको लागतमा मुख्य चौकमा ट्राफिक लाइट जडान गरिएको छ । यसले ट्राफिक व्यवस्थापनमा सहयोग पुगेको छ ।

सडक ढाकेर पार्किङ गर्दा सहर अस्तव्यस्त भएपछि मुख्य चौकको पार्किङलाई रिजालटाँसी अगाडी स्थानान्तरण गरेका छौँ । यसले पार्किङको समस्या केही कम भएको छ । पार्किङको समस्या समाधानका लागि मुख्य चौक देखी ३ सय मिटर वरपर पार्किङ निषेधितको नीति अवलम्बन गरिएको छ ।

यसले मुख्य चौकमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ ।

अर्को,बाटो नै साँघुरो हुने गरी केही घरहरूले सडकको क्षेत्राधिकार नै मिचेर भौतिक संरचना बनाएका थिए । विराटनगर लाइनका घरबेटीसँग समन्वय गरी उहाँहरूकै सहयोगमा अतिक्रमित घर भत्काएर बाटो क्लियर गर्ने काम गरेका छौँ ।

भित्री सडकहरूमा पनि व्यवसायी साथीहरूले सामानहरू सडकमै राखेर व्यापार व्यवसाय गर्ने गरेको अवस्था थियो । व्यवसायीहरूसँग छलफल गरी सडक र फुटपाथ क्लियर गर्ने काम गरेका छौँ ।

वर्षाको समयमा इटहरी सधैँ डुबान हुन्छ, विशेष गरी मुख्य चौक क्षेत्र र नगरपालिका गेट अगाडि डुबान हुन्छ ? डुबान नियन्त्रणका लागि के कस्ता काम भयो ?

प्राय पुराना अव्यवस्थित हिसाबले बनेका घर तथा भौतिक संरचनाले गर्दा पानीको बहावमा समस्या हुँदा बजार डुब्ने समस्या छ । त्यसका लागि हामीले ड्रेन पैनी सरसफाइको कामलाई तीव्रता दिएका छौँ । बषौँ देखी सफा नगरिएका ड्रेनहरू हामी आएपछि सफा भए ।

जसले ड्रेन एरियामा ब्लकेज गरेर घर बनाएका छन्, पैनी माथि बनेका घरहरू छन् । त्यसलाई भत्काएर सफा गर्ने काम निरन्तर गरिरहेका छौँ । भर्खरै मात्र पनि इटहरीको मुख्य चोकबाट सङ्गीत चोक जाने बाटोमा अतिक्रमित रेडक्रस भवन भत्काएर पैनी सफा गर्ने काम भएको छ ।

त्यस्तै आर्मी क्याम्प अगाडिबाट आएको पानीलाई व्यवस्थित गर्न ड्रेनेजको काम जारी छ । प्रदेश सरकारले दिएको ७२ लाखको लागतमा २ सय मिटर लम्बाइको बेलाहापैनीलाई ड्रेन लगाएर स्लाब बनाउने काम जारी छ । यो बनेपछि पानीलाई हाइवेको मुख्य ड्रेनमा लगेर मिसाए पछि डुबानको समस्या घट्नेछ ।

यस्तै अन्य साना ठुला पैनीका ब्लकेज खोल्ने काम गरेका छौँ । वीपी चोकमा पनि ठुलो कलर्भ निर्माण गरिएको छ । उपमहानगरको गेटमै ठुलो पानी पर्दा जम्मा हुने समस्या थियो । हामीले त्यहाँ कटिङ गरेर भित्र पाइप मिच्छाएर पानी निकास हुने बनाइएका छौँ ।

पानी पर्दा जम्मा हुन्छ तर धेरै समय जम्मा हुँदैन बगेर जान्छ । यो सिस्टम अनुसार २ ठाउँमा काम गरेका छौँ । अन्य २ ठाउँमा काम गर्न बाँकी छ ।

अन्य वडा भन्दा फरक काम चाहिँ के भयो ?

वडा नम्बर ६ व्यवसायीक हब भएको हुनाले कतिले सामान ढुवानी गर्नुपर्ने हुन्छ । व्यवसायीहरूले सामान डेलिभरी दिनुपर्ने हुन्छ । लोकेसन थाहा नहुन सक्छ । यस्का लागि हामीले प्लस कोड सहितको डिजिटल नम्बर प्लेट वितरण गरेका छौँ । केही बाँकी छ त्यो पनि वितरण गर्ने तयारीमा छौँ । डिजिटल नम्बर प्लेटमा गुगल प्लस कोड हुन्छ । जसका आधारमा अनलाइनबाट सजिलै घर पत्ता लगाउन सकिन्छ ।

बजारमा सिसिक्यामरा र रात्रि लाइट लगाउने काम सुरु भएको थियो त्यसमा कति काम भयो ?

यसमा धेरै काम भएको छ । लगभग अब ६ नम्बर वडालाई सिसिक्यामराबाट कैद गर्न सफल भएका छौँ । इटहरीको पूर्वपश्चिम, उत्तर दक्षिण हाइवे, मुख्य बजार, व्यस्त बजार र सार्वजनिक स्थलमा सिसिक्यामरा जडान भएको छ ।

६ नम्बर वडाका भित्री सडकहरूमा पनि सिसिक्यामरा जडान भएका छन् ।सबै ठाउँमा गरी ९६ वटा क्यामरा जडान भएका छन् । सिसिक्यामरा अपराध नियन्त्रणमा पनि काम आउन थालेको छ ।

सिसी टिभी फुटेज हेरेर धेरै आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बजारमा कुनै घटना भएको अवस्थामा सिसिक्यामराको फुटेज हेरेर तुरुन्तै छानबिन गर्ने र संलग्न मानिसलाई पक्राउ गर्न सफल भएको छ ।

सडकका पोलमा पुराना चिमहरू बिग्रिएको, राती नबल्ने समस्या थियो । पुराना बत्तीहरूलाई परिवर्तन गरी सेन्सर लाइट लगाएका छा्रँै । ठाउँ ठाउँमा टावर बत्ती पनि जडान गरिएको छ । उज्यालो वडा नीति लिएर काम गरिरहेका छौँ । तपाईँहरूले मुख्य बजार क्षेत्रमा रातीको समयमा हिँड्दा यो अनुभव गर्न सक्नुहुन्छ ।

इटहरी बजारको शौचालयको समस्या कसरी समाधान गर्नुभयो ?

यो विषयमा धेरै गुनासो पनि आयो । बजार क्षेत्रमा किनमेलका लागि आउने,यात्रु तथा बाटो हिँड्ने बटुवाहरूका लागि सार्वजनिक शौचालय निर्माण गरेका छौँ ।

उपयुक्त जग्गाको खोजी गरी इटहरीको मुख्य चौक आकेश कलेक्सन अगाडी सार्वजनिक शौचालय निर्माण गरिएको छ । यस्तै विशाल बजार भित्र पनि घरबेटीसँग समन्वय गरी त्यहाँ पनि शौचालयको व्यवस्थापन गरिएको छ ।
शिक्षाको क्षेत्रमा वडाले केके काम गरेको छ ?

यस वडामा २ वटा सामुदायिक र ११ वटा निजी गरी जम्मा १३ वटा विद्यालयहरू छन् । विद्यालयमा शैक्षिक गुणस्तर सुधारमा काम भएको छ । कबीर मा.वि साँघुरो भएको, पुरानो टिनको छानो भएको भवन जीर्ण अवस्थामा थियो । विद्यार्थीहरूले राम्ररी बसेर पढ्ने नभएपछि हामीले त्यहाँ ३ वटा कोठा भएको एउटा ब्लक पक्की भवन बनाईदिँदैछौँ । निर्माणको काम जारी छ ।

उपमहानगरले गुणस्तर सुधारका लागि छुट्टै योजना नै सार्वजनिक गरिसेकेको छ । हामीले पनि नगरको योजना अनुसार नै काम गर्दै छौँ ।

स्वास्थ्यका क्षेत्रमा केके काम भए ?

स्वास्थ्य क्षेत्रमा हामीले पहिलो पटक स्तन क्यान्सर परीक्षण शिविर आयोजना गयौँ । काठमाण्डौँबाट मेडिकल टिम बोलाएर महिलामा हुने स्तन क्यान्सरको जोखिम पहिचान गर्न मेसिन मार्फत क्यान्सर परीक्षण गरियो । यसमा करिब ४ सय महिलाको स्तन परीक्षण गरियो । जसमा १६ जनामा समस्या पहिचान पनि भएको थियो ।

यस्तै वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्र मार्फत नियमित रूपमा जाँच र आवश्यक औषधी वितरण गर्ने भइरहेको छ । नगर बासीले माग गरे अनुसार स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छौँ ।

तपाई खेल प्रेमी हुनुहुन्छ, आफै पनि खेल खेलिरहनुहुन्छ, खेलकुद क्षेत्रको विकासका लागि चाहिँ के के गर्नुभयो ?

उत्कृष्ट खेलाडी तथा खेलसँग जोडिएका महानुभावहरू फुटबल, भलिबल, मार्सल आर्ट लगायतका खेलसँग जोडिएका व्यक्तिहरूलाई सम्मान गर्ने गरेका छौँ ।

खेलका लागि चाहिने, कार्यक्रमका लागि चाहिने सामाग्रीहरू वितरण गर्ने गरेका छौँ । जति पनि खेल प्रतियोगिताहरू सञ्चालन हुन्छन्, अवस्था हेरेर आवश्यक आर्थिक सहयोग पनि गरेका छौँ । ग्रास रुट कार्यक्रम जसले तल्लो तहबाट खेलाडी उत्पादन गर्छ, सो कार्यक्रमका लागि वडाले छुट्टै सहयोग गरेको छ ।

 

-ADVT

Tags: #इटहरीदिवस पोखरेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.