इटहरी : इटहरी उपमहानगरपालिकाले एसईई परीक्षाको नतिजा माग गरेपनि यहाँका निजी विद्यालयहरूले नतिजा बुझाउन आनाकानी गरेका छन् ।
यस वर्ष एसईई परीक्षामा कमजोर नतिजा प्राप्ताङ्क भएका कारण विद्यालयहरूले तथ्यांक सार्वजनिक हुने डरले नबुझाएको जानकारहरूको भनाइ छ ।
एसईईको नतिजा सार्वजनिक भएपछि उपमहानगरको शिक्षा शाखाले सार्वजनिक नतिजाको तथ्याङ्क पटकपटक माग गरेपनि यहाँका निजी विद्यालयहरूले तथ्याङ्क बुझाउन आनाकानी गरेका हुन् ।
इटहरी उपमहानगर शिक्षा शाखाका अनुसार इटहरीका कुल ६८ वटा निजी विद्यालयमध्ये ४१ वटा विद्यालयले तथ्यांक बुझाउन बाँकी रहेको छ । बाँकी विद्यालयले भने तथ्यांक बुझाएको शिक्षा शाखाले जनाएको छ । सामुदायिक विद्यालयहरूले भने यसअघि नै तथ्याङ्क बुझाइसकेका छन् ।
तथ्याङ्क नबुझाउने विद्यालयहरूमा सुनसरी क्रिष्टल एकेडेमी, बाल आदर्श बोर्डिङ स्कुल, लिटल केयर बोर्डिङ स्कुल, पूर्वाञ्चल सेकेण्डरी बोर्डिङ स्कुल, प्याराडाइस सेकेण्डरी बोर्डिङ स्कुल, बालविकास इङ्लिस बोर्डिङ स्कुल, ज्ञानदपर्ण एकेडेमी, इष्ट वेष्ट पोइन्ट, महर्षि स्कुल, तरहरा मोडेल एकेडेमी रहेका छन् ।
यसैगरी फुजिसान सगरमाथा बोर्डिङ, गोदावारी विद्या मन्दिर, भेल्भेट इङ्लिस बोर्डिङ स्कुल, मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, भृकुटी सेकेण्डरी स्कुल, जयन्ती विन्धवासिनी विद्यासदन, पशुपति इङ्लिस बोर्डिङ स्कुल, एसओएस हर्मन माइनर, कस्तुरी सेकेण्डरी स्कुल, कोसी सेन्ट जेम्स आवासीय माध्यमिक विद्यालयले तथ्याङ्क नबुझाएको शिक्षा शाखाले जनाएको छ ।
यस्तै, नर्थ पोइन्ट इङ्लिस बोर्डिङ स्कुल, सेक्रेट हार्ट इङ्लिस बोर्डिङ स्कुल, युनिभर्सल इङ्लिस सेकेण्डरी स्कुल, चामुण्डा भगवती आवासीय मावि, बोर्डिङ माध्यमिक विद्यालय, गार्डेन एकेडेमी, हाम्रो इङ्लिस बोर्डिङ स्कुल, सेफर्ड चिल्ड्रेन एकेडेमी, सुष्मा सेकेण्डरी स्कुल, होराइजन एकेडेमी, वाई पोइन्टिङ बोर्डिङ स्कुल, इटहरी नोबेल एकेडेमीले नतिजा बुझाएका छैनन् ।
यसैगरी लिटल फ्लावर्स इङ्लिस स्कुल, कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुल, इटहरी मोडेल सेकेण्डरी स्कुल, पाथीभरा इङ्लिस बोर्डिङ स्कुल, बेबिलोन सेकेण्डरी बोर्डिङ स्कुल, शान्तिनगर इङ्लिस स्कुल, न्यू ऐरा चिल्ड्रेन एकेडेमी, साई चिल्ड्रेन होम्स इङ्लिस बोर्डिङ स्कुल र खनार मोडेल एकेडेमीले तथ्याङ्क बुझाएका छैनन् ।
शिक्षा शाखाका अधिकृत तीर्थ गौतमका अनुसार एसइई परीक्षाको नतिजा बुझाउन अटेर गरेपछि तथ्यांकमा समस्या परिरहेको छ ।
‘यसअघि उपमहानगरपालिकाले तीन दिनभित्र यहाँ सञ्चालित सबै विद्यालयहरूलाई एसइईको नतिजा पठाउन परिपत्र गरेपनि अहिलेसम्म अधिकांश विद्यालय प्रशासनले तथ्याङ्क बुझाएका छैनन्,’ उनले भने, ‘तथ्याङ्क नबुझाउने विद्यालयहरूलाई नगर शिक्षा ऐन अन्तर्गत कारबाही हुन्छ ।’
Discussion about this post