झापा : करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । इलाम घर भई हाल झापा दमक नगरपालिका वडा नंं. ३ धिमाल टोल बस्ने १९ वर्षीय मौषम राईको करेन्ट लागेर मृत्यु भएको हो।
सोमबार (आज) दिउँसो २ बजेतिर घर नजिकै रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडी करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए ।
राईको दमक आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post