मोरङ : मोरङमा गोमन सर्पले डसेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको कानेपोखी गाउँपालिका ६ बस्ने ५३ वर्षीय विजय सुन्दासको सर्पले डसेर मृत्यु भएको हो ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा गोमन सर्पले डसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सर्पले डसेर गम्भीर घाइते भएका उनको उपचारको लागि इटहरी ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post