टाकुरा न्युज
Friday, July 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै भोजपुरका किसान

रासस by रासस
प्रकाशित मिति : भदौ २०, २०८१
0
बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै भोजपुरका किसान
81
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : एकपटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यहाँका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन् । अहिले किसान सुन्तला, कागती, एभोकाडो, ओखर, किवीलगायत बहुवर्षीय बालीको खेती विस्तारमा जुटेका हुन् ।

एक पटक विस्तार गरेर हुर्काएपछि दीर्घकालसम्म निरन्तर आम्दानी लिने खालका बाली विस्तारमा किसान आकर्षित भएका छन् ।

स्थानीय सरकारले पनि किसानलाई एभोकाडो, सुन्तला, कागती, किवी, ओखर कफीलगायत बहुवर्षीय बालीको खेतीका लागि प्रोत्साहनका कार्यक्रमसँगै अनुदान सहयोगसमेत गर्दै आएको छ ।

पौवादुङमा गाउँपालिकाले वडा नं १ श्मामशिलामा पकेट क्षेत्र निर्धारण गरेर बहुवर्षीय बाली किवीखेती विस्तार गरेर किसानलाई आवश्यक सहयोग गरिरहेको छ ।

गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका करिब ३० घरपरिवारले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले एभोकाडो, कफीलगायतको खेती विस्तारका लागि किसानलाई आवश्यक प्राविधिक सहयोगसँगै बिरुवासमेत वितरण गर्दै जनाएको छ । गाउँपालिकाले किसानको दिगो आयश्रोतको व्यवस्थापन गर्न बहुवर्षीय बाली विस्तारमा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

बहुवर्षीय फलफूलको विस्तारले दीर्घकालसम्म आम्दानी लिन सकिने उनको भनाइ छ । ‘किसानलाई बहुवर्षीय बालीको खेती विस्तारमा प्रोसाहित गर्दै आएका छौँ’, प्रशासकीय अधिकृत भट्टराईले भने, ‘बहुवर्षीय बालीबाट एक पटक विस्तार गरेपछि किसानले लामो समयसम्म आम्दानी लिन सक्छन् ।’

गाउँपालिकाले यहाँको भूगोल सुहाउँदो फलफूल तथा तरकारीखेतीमा जोड दिएर योजनाबद्ध रुपमा लगानी गरिरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । यहाँका छ वटै वडामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएको उनको भनाइ छ ।

‘किसानलाई प्रोत्साहन गर्न हामीले बहुवर्षीय बालीको खेतीमा जोड दिएका छौँ’, अध्यक्ष राईले भने, ‘बहुवर्षीय बाली विस्तारले किसानले निरन्तर रुपमा आम्दानी लिन सक्नेछन्, अहिले हामीले योजनाबद्ध रुपमा काम अघि बढाएका छौँ, किसान यस्ता बालीको खेती विस्तारमा जुटेको अवस्था छ ।’

टेम्केमैयुङ गाउँपालिकाले पनि बहुवर्षीय बाली विस्तारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन् । गाउँपालिकाले सुन्तला, कागती, दाँते ओखर, किवीलगायत बालीको व्यावसायिक खेती विस्तारमा किसानलाई सहयोग गर्दै आएको उनको भनाइ छ ।

यहाँका नौ वटै वडाका तल्लो भेगमा सुन्तलाको राम्रो खेती हुने भएकाले सुन्तला पकेट कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

सुन्तला पकेट कार्यक्रम अन्तर्गत वडा नं २, ३ र ५ मा गत आर्थिक वर्षमा ६ लाख रुपैयाँ बराबरको बिरुवा वितरण गरिएको उपाध्यक्ष राईले बताइन् । ‘बहुवर्षीय बाली विस्तारले किसानले लामो समयसम्म आम्दानी लिन सक्छन्, विभिन्न बहुवर्षीय बालीसँगै सुन्तलाखेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेका छौँ’, उनले भनिन् ।

किसानलाई वडास्तरबाट पनि विभिन्न जातका बहुवर्षीय फलफूलखेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

साल्पासिलिछो गाउँपालिकाले किवी, सुन्तला, अलैँची, रुद्राक्ष एभोकाडो, ओखरलगायत विस्तारमा जोड दिएको प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए । वडा नं ५ मा ओखरको पकेट क्षेत्र बनाउने लक्ष्यका साथ काम अघि बढाएको उनको भनाइ छ ।

अरुण गाउँपालिकाले आँप, लिची, सुन्तला, कागती एभोकाडोलगायतको खेतीमा जोड दिएको कृषि शाखा प्रमुख रविन्द्र सापकोटाले जानकारी दिए ।

किसानको मागका आधारमा सुन्तला, लिची, एभोकाडो, किवीलगायत बहुवर्षीय खेतीमा किसानलाई प्रोत्साहन गर्दै आएको रामप्रसादराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिए ।

यहाँको वडा नं ५ मानेभञ्याङमा एभोकाडो तथा वडा नं ४ दलगाउँमा एभोकाडो र लिची एवं वडा नं १ ओख्रेमा किवीखेती विस्तार गरिएको उनको भनाइ छ । वडा नं ६ बैकुण्ठेमा सुन्तला नर्सरी स्थापना गरेर किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गरिएको छ ।

Tags: #कृषि#भोजपुर#राससकिसान

Related Posts

मोरङको ग्रामथानमा आज रातिदेखि प्रवेश गर्न नपाइने
FEATURE BREAKING

ग्रामथान गाउँपालिका अध्यक्षद्वारा दुई वडाध्यक्ष गाउँसभा बैठकबाट निष्कासित

by रासस
प्रकाशित मिति : असार २७, २०८२
0

इटहरी : मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुईजना वडाध्यक्षलाई अनुशासन उल्लंघनको आरोपमा सात दिनका लागि निष्कासित गरेका छन्। वडा...

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत
FEATURE BREAKING

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

by रासस
प्रकाशित मिति : असार २७, २०८२
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीमा असन्तुष्टि चुलिएको छ । संघभित्रको करसम्बन्धी निर्णय प्रक्रिया र कार्यशैलीप्रति असहमति जनाउँदै ९ जना...

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

प्रकाशित मिति : असार २७, २०८२
भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

प्रकाशित मिति : असार २७, २०८२
खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण

खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण

प्रकाशित मिति : असार २७, २०८२
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

पर्याप्त पानी नपर्दा धान रोप्न नपाएर किसान चिन्तित

प्रकाशित मिति : असार २७, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको ग्रामथानमा आज रातिदेखि प्रवेश गर्न नपाइने

ग्रामथान गाउँपालिका अध्यक्षद्वारा दुई वडाध्यक्ष गाउँसभा बैठकबाट निष्कासित

प्रकाशित मिति : असार २७, २०८२
उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

प्रकाशित मिति : असार २७, २०८२
तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

प्रकाशित मिति : असार २७, २०८२
भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

प्रकाशित मिति : असार २७, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1079 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    770 shares
    Share 308 Tweet 193
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    767 shares
    Share 307 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    749 shares
    Share 300 Tweet 187
  • सुनसरीमा धार्मिक विद्वेष फैलाउने भिडियो टिकटकमा पोष्ट गर्ने युवक प्रहरी नियन्त्रणमा

    583 shares
    Share 233 Tweet 146
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana