झापा : झापाको माइ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो शिवसताक्षी नगरपालिका १० स्थित दोमुखा नजिकैको माइ खोलामा पौडी खेल्न गएका भद्रपुर नगरपालिका–५ बस्ने करिव १७ वर्षीय फिरोज खानको मृत्यु भएको हो ।
उनीसँगै खोलामा पसेका बिर्तामोड नगरपालिका २ का करिब १८ वर्षीय उज्ज्वल राई बेपत्ता छन् ।
बेपत्ता राईको खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post