धनकुटा : धनकुटाको पाख्रीबास नगरपालिका, शहिदभूमी र साँगुरीगढी गाउँपालिकाका विभिन्न भागमा लगाएका तथा आफैँ उम्रिएका गाँजाको बोट तथा बेर्नाहरू प्रहरीले नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले शहिदभूमी गाउँपालिका ३, ४ र ५ वडाका १० रोपनी क्षेत्रफलमा रहेका ६ हजार पाँच सय बोट गाँजा नष्ट गरेको हो ।
यता, साँगुरीगढी ७ र ८ स्थितमा दुई हजार पाँच सय बोट र पाख्रीबास १० स्थितमा नौ सय बोट गाँजा नष्ट गरेको हो ।
अवैध रूपमा लगाइएका गाँजाका बोटहरू नष्ट गर्ने कार्य निरन्तर रूपमा सञ्चालन भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post