झापा : झापामा दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । तीव्र गतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परी झापामा दुईजनाको मृत्यु भएको हो ।
पूर्व-पश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका ४ स्थित अमलडाँगीमा गएराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो ।
उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको र चिकित्सकले चेकजाँचपछि दुवैजनालाई मृत घोषित गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post