झापा : पूर्व–पश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिका–५ मा आज (शनिबार) दिउँसो भएको सवारी दुर्घटनामा परी मृत्यु हुने पुरुष मोरङका रहेको खुलेको छ ।
मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलिका–७ बस्ने ५५ वर्षीय पदम मुकारुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नं १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।
राईको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित भएका स्थानीयबासीले बसलाई ढुङ्गा, मुडा गरी तोडफोड गरी आगजनीसमेत गरेका छन् ।
बस चालक घेरादह नगरपालिका–१ बस्ने वर्ष ३५ वर्षीय सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको चन्दले बताए ।
यो पनि – झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आक्रोशित स्थानीयले जलाए बस
Discussion about this post