भोजपुर : भोजपुरको अरुण गाउँपालिका १ स्थित लेगुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
अरुण गाउँपालिका १ याङपाङका ३२ वर्षीय रोशन मगरलाई इन्भटर र ब्याट्रीबाट खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post