उदयपुर : उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ ।
घरायसी विवादका क्रममा असोज २२ गते उदयपुरको बेलका नगरपालिका–८ की ४० वर्षीया पूर्णकुमारी राईलाई उनकै श्रीमान ४८ वर्षीय दानबहादुर राईले पेट्रोल छर्किएर शरीरमा आगो लगाएका थिए ।
आगोले जलेर गम्भीर घाइते भएकी पूर्णकुमारीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बाँनियाले जानकारी दिए । उनका अनुसार मृतकको शव सोमबार पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ ।
घटनामा संम्लग्न दानबहादुरलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post