इटहरी : इटहरी २० तरहरामा भएको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा समूह (क) अन्तरगत धनबहादुर पुरी र प्रदीप श्रेष्ठको टिम विजयी भएको छ ।
तरहरा ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा पुरी र श्रेष्ठको टिम विजयी भएका छन् भने राजकुमार राई र राम तामाङको टिम उपविजेता बनेको छ ।
तीन समुह चरणमा भएको प्रतियोगितामा (ख) समूहबाट रबिन बस्नेत र मेमकुमार राईको टिम प्रथम भएको छ । यसैगरी आशिष श्रेष्ठ र गीता तामाङ उपविजेता भए ।
त्यस्तै समूह (ग) बाट सिम्रन मगर र प्रेमको टिम विजयी भए भने उपविजेतामा ललित मगर र तिलकले बाजी मारे । प्रतियोगिताको विजेता टिमले नगद १० हजार र ट्रफी प्राप्त गर्दा उपविजेता टिमले नगद पाँच हजारमा चित्त बुझायो ।
प्रतियोगिताको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गरे । ब्याडमिन्टनले मानिसलाई स्वास्थ्यसँगै सकरात्मक बनाउने उनको भनाइ छ । क्लबका अध्यक्ष मेमकुमार राईले जनस्तरको सहभागितामा बनेको तरहरा ब्याडमिन्टन क्लबमा दैनिक सय भन्दा बढी खेलाडीले ब्याडमिन्टन खेल्दै आएको बताए ।
कार्यक्रमको संयोजन तरहराका खेलाडीहरू जय खड्का, चन्द्र तामाङ, नारायण गुरुङ, देव अधिकारी, रमेश लामिछाने, अनिल अधिकारी, अनिल निरौला, उत्तम राई लगायतले गरेका थिए । खेलमा एक सय १३ खेलाडी सहभागी थिए ।
Discussion about this post