इटहरी : सुनसरीको इनरुवाबाट ब्राउनसुगरसहित दुई व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्लाको नरपथगञ्ज थाना अन्तर्गत सोनापुर १ बस्ने ३३ वर्षीय कपिल मेहता र २८ वर्षीय पंकज कुमार पासवान रहेका छन्।
गोप्य सूचनाका आधारमा आज (शुक्रबार) इनरुवा नगरपालिका १, नूतन पेट्रोल पम्प अगाडि सार्वजनिक सडक छेउमा भारतीय नम्बरप्लेट भएको बीआर ३८ ए के ०२११ नम्बरको आर एन ५० मोटरसाइकलमा सवार दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।
बरामद गरिएको ब्राउनसुगर १०३.६९० ग्राम रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post