विराटनगर : थ्री स्टार क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलले निराश बनाउँदै थ्री स्टार क्लब सेमिफाइनल पुगेको हो ।
मच्छिन्द्र १५ औँ संस्करणको इटहरी गोल्डकपको विजेता टिमसमेत हो । जितसँगै थ्री स्टारले आइतबार पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
जितका लागि पूर्व विजेता टिम समेत रहेको थ्री स्टारका आशिष चापागाईँ र दिपेश घलेले समान १–१ गोल गरे ।
खेल सुरु भएको १५ औ मिनेटमा थ्रीस्टारका आशिष चापागाईँले गोल गरेर टिमलाई अग्रता दिलाए ।
एन्जल महर्जनले निकालेको क्रस पासलाई आशिषले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमाए । अग्रता लिएको १० मिनेट बित्न नपाउँदै २५ औ मिनेटमा दिपेश घलेले व्यक्तिगत दोस्रो गोल गरेर टिमको जित सुनिश्चित गरे ।
मछिन्द्रका क्याप्टेन देवेन्द्र तामाङ्गले खेलको अन्त्यतिर ८९ औं मिनेटमा सान्तवना गोल फर्काए । उनले डिबक्स भित्र हेडिङ्गमार्फत आकर्षक गोल गरेका थिए । थ्री स्टारका दिपेश घले म्यान अफ दि म्याच घोषित हुँदै नगद ११ हजार पाए ।
पहिलो हाफमा दुई गोलले पछि परेपछि मच्छिन्द्र दबावमा परेको थियो । दोस्रो हाफपछि आक्रमक रुपमा मैदान प्रवेश गरेपनि बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन ।
थ्री स्टारले बुधबार दोस्रो मुख्यमन्त्री कपिलबस्तु तिलौराकोट गोल्कडप फुटबल प्रतियोगिताको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ ।
कपिलबस्तु गोल्डकपको फाइनलमा थ्री स्टारलाई मच्छिन्द्रले १–० गोलले पराजित गरेको थियो ।
दास्रो हाफपछि मछिन्द्रले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको ५५ औ मछिन्द्रका देवेन्द्र तामाङ्गले डिबक्स बाहिरबाट गरेको कडा प्रहार थ्री स्टारका गोल किपर विवेक मगरले बिफल पारिदिए ।
त्यसलगतै थ्री स्टारका विदेशी खेलाडी एन्ड्रिसले कडा प्रहार बाहिरयो ।
८० औ सिमनेटमा थ्रीस्टारका युसुफले करिब २५ यार्डदेखि गरेको सशत्त प्रहार पोसमाथिबाट गयो । यसरी थ्री स्टारका खेलाडीले बारम्बार पाएको गोल गर्ने अवसर खेर फाल्दा प्रतियोगिताको पहिलो खेलबाटै बाहिर बाध्य भयो ।
मछिन्द्र गत वर्षको विजेता टिम हो । आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा घरेलु टिम साङ्ग्रिला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि उचालेको थियो ।
थ्री स्टार फुटबल क्लबले पाँचौ संसकरणको विराट गोल्डकपको उपाधि जितेको थियो । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० गोलले स्तब्ध बनाउदै थ्री स्टारले उपाधि चुमेको थियो ।
शनिबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाईज युनाईट र एनआरटीबीच हुनेछ ।
शनिबार महिलालाई निःशुल्क प्रवेश
१५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार विराट गोल्डकप हेर्न आउने महिलाहरूका लागि आयोजकले निःशुल्क टिकट राखेको छ ।
नारीलाई सम्मान गर्ने उद्देश्यले आयोजकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गोल्डकप हेर्न आउने महिलाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको विराट गोल्डकपका संयोजक नवीन रिजालले जानकारी दिए ।
Discussion about this post