उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ८ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
प्र.१-०५-००१ प ८३५९ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ६५ वर्षीया टीकामाया कार्कीको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएकी कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक रौतामाई गाउँपालिका ७ का २२ वर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post