भोजपुर : जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २४ वर्षपछि पक्राउ गरेको छ ।
जिल्लाको पौवादुम्मा गाउँपालिका ६ का ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ वर्षपछि पक्राउ गरेको हो ।
भोजपुरको साविक ठूलो दुम्मा गाविस ८ का विजय कुमार राईलाई शान्तकुमारले २०५७ साल साउन १३ गते कुटपिट गरी हत्या गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका विजयकुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो ।
घटना पश्चात तत्काल भागेर फरार रही लुकिछिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँघरमा नै आएको अवस्थामा प्रहरीले २०८१ साल फागुन २५ गते पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार भोजपुर पठाइएको छ । प्रहरीले १५ गते नै पक्राउ गरेपनि आज (सोमबार) मात्रै सार्वजनिक गरेको हो ।
Discussion about this post