इलाम : इलाममा रूख काट्ने क्रममा हाँगाले लागेर एक युवकको मृत्यु भएको छ ।
सुकेको रूख काट्ने क्रममा इलामको देउमाई नगरपालिका–५ मा स्थानीय २८ वर्षीय प्रेम लिम्बूको मृत्यु भएको हो ।
रूख ढाल्ने क्रममा उक्त रूखको हाँगाले लाग्दा लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post