झापा : झापामा सडेगलेको अवस्थामा हात्ती फेला परेको छ ।
जिल्लाको कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको हो ।
बिहीबार (आज) डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानी लगायतको टोली घटनास्थल पुगेको थियो ।
त्यहाँ पुगेर हेर्दा हात्तीको शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले जानकारी दिए ।
हात्तीलाई खाल्डो खनेर गाडिएको छ । उक्त हात्तीको दाराको टुप्पो काटिएको छ । गत आर्थिक वर्षमा झापामा चार वटा हात्ती मृत फेला परेका थिए ।
Discussion about this post