इटहरी : सप्तकोशी नदीमा डल्फिन देखिएको छ । दुर्लभ गंगेटिक डल्फिन सप्तकोशी नदीमा देखिएको हो ।
कोशी ब्यारेजको ४४, ४५, ४६ र ४७ नम्बरको ढोका भएर बग्ने नदीको भागमा सोमबार डल्फिन देखिएको हो ।
चेतनशील प्राणीका रूपमा लिइने स्तनधारी जलचर डल्फिन कोशीमा गंगाबाट आएर विचरण गर्ने गरेको जानकारहरू बताउँछन् ।
नेपालमा सप्तकोशीसहित कर्णाली, नारायणी र मोहना नदीमा डल्फिन पाइन्छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार सप्तकोशीमा पछिल्लो पटक सन् २०२३ मा डल्फिन गणना गरिएको थियो ।
जहाँ १९ वटा डल्फिन गणना भएको थियो । पछिल्लो समय डल्फिन संरक्षण चुनौती बन्दै गएको उनले जनाए ।
भिडिओमा हेर्नुहोस्
Discussion about this post