इटहरी : कीर्ते गरेको आरोपमा इटहरीको यातायात कार्यालयबाट एक पुरुष पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर ती पुरुषलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी २ बस्ने ४२ वर्षीय देवेन्द्र कार्की रहेका छन् ।
इटहरी १० स्थित यातायात कार्यालयमा लेखापढी काम गर्ने कार्कीले कीर्ते गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खनारबाट प्रहरी सहायक निरीक्षक नानिबाबु कटवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीमाथि इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसअघि गत असोज ९ गते प्रहरीले सोही यातायात कार्यालयबाट बिचौलियालाई पक्राउ गरेको थियो ।
यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली डाक्टरसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
यातायात व्यवस्था कार्यालय (सवारी) र सवारी तथा यातायात व्यवस्था कार्यालय इटहरी (सवारी चालक अनुमति पत्र) मा सेवाग्राहीलाई दुःख दिने गरेको र अनियमित कार्य गर्न गरेको गुनासोका आधारमा पक्राउ गरिएको थियो ।
बिचौलियाको बिगबिगी हुँदा सेवाग्राहीले सहज रूपमा सेवा नपाइरहेको पटकपटक गुनासो आएपनि यातायात कार्यालयका कर्मचारीले भने बिचौलियामार्फत पुगेका सेवाग्राहीको काम चाँडै गर्ने गरेको गुनासो बढ्न थालेको छ ।
यो पनि – यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना प्रहरीको नियन्त्रणमा














Discussion about this post