टाकुरा न्युज
Friday, June 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

भोजपुर : ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा

रासस by रासस
प्रकाशित मिति : जेष्ठ ४, २०८२
0
भोजपुर : ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
63
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर ओझेलमा परेको छ । प्रचारप्रसार अभावमा यो ऐतिहासिक धार्मिक क्षेत्र ओझेलमा परेको हो ।

गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्रले चर्चा पाउन नसकेको स्थानीयवासी पाण्डव राईले बताए ।

परापूर्वकालमा यो क्षेत्रमा गोल्मे राजा र गोल्मे रानीको बिहेका क्रममा बेहुलाबेहुलीसहित जन्ती अलप भएकाले यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको धार्मिक कथन रहेको उनको भनाइ छ ।

अहिले पनि यहाँ जन्तीजस्तै आकारका लहरै ढुङ्गा, राजारानीको आकृति, बिहेमा प्रयोग भएका बाजागाजा, ढोला झ्याम्टा, राजारानी सवार घोडाको आकृति स्पष्ट रूपमा देख्न सकिने उनले बताए ।

उदयपुरको चौडण्डीगढीबाट गोल्मे राजा, गोल्मे रानीले बिहेको जन्ती लिएर धनकुटाको राजारानी पुर्याउने क्रममा यो स्थानमा आइपुग्दा कलियुग सुरु हुँदा राजारानीसहित जन्तीहरू अलप भएको किंवदन्ती रहेको स्थानीवासी राजेन्द्र राईले बताए ।

यहाँ रहेका ढुङ्गाका आकृतिले किंवदन्तीमा भनिएका कुरालाई पुष्टि गर्न मद्दत गर्ने उनको भनाइ छ ।

यहाँ पापद्धार, धर्मद्धार, बन्दुकको आकृति देखिने बन्दुके गहिरा, खड्कुले, गुन्टे ढुङ्गा, मालिगाईको आकृतिलगायत देख्न सकिने उनको भनाइ छ ।

यहाँ गोल्मे राजा र गोल्मे रानीका आकृतिका दुई ठूला ढुङ्गा रहेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचार्यले बताए ।

गोल्मे राजा, गोल्मे रानीको काखमा अर्को धार्मिक गङ्गा खोलाको मुहान रहेको अध्यक्ष आचार्यले बताए ।

ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहानमा कहिले पनि पानी नसुक्ने अध्यक्ष आचार्यको भनाइ छ । यो स्थानमा दर्शन गरेर मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने उनको भनाइ छ ।

देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय यो स्थल भौगोलिक विकटताका कारण पनि ओझेलमा परेको उनको भनाइ छ ।

गोल्मे राजारानी भिरको काखमा रहेका सबै मुहान कहिले नसुक्ने, वर्षात्को समयमा धमिलो नहुने तथा मुहानहरू दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष आचार्यले बताए ।

पानीका मुहान नै दक्षिणबाट उत्तरतर्फ बग्ने भएकाले सबैलाई अचम्मित बनाउने उनको भनाइ छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर गोल्मेसम्म पुग्ने पदमार्ग निर्माण गर्ने योजना रहेको उनले बताए ।

Tags: #भोजपुर#राससपर्यटक

Related Posts

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 
FEATURE BREAKING

काेशी प्रदेशसभामा बजेटमाथिको छलफल समाप्त, सरकार स्रोत र खर्चमा विश्वस्त

by रासस
प्रकाशित मिति : असार ५, २०८२
0

विराटनगर : काेशी प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२।८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल समाप्त भएको छ। छलफलमा...

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता
विविध

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

by रासस
प्रकाशित मिति : असार ५, २०८२
0

इटहरी : नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा इटहरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापाका ५२५ जना हात्ती पीडित राहतका पर्खाइमा

प्रकाशित मिति : असार ५, २०८२
भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

प्रकाशित मिति : असार ५, २०८२
धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुँदै

धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुँदै

प्रकाशित मिति : असार ४, २०८२
विराटनगरमा टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा सकुशल

विराटनगरमा टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा सकुशल

प्रकाशित मिति : असार ४, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

काेशी प्रदेशसभामा बजेटमाथिको छलफल समाप्त, सरकार स्रोत र खर्चमा विश्वस्त

प्रकाशित मिति : असार ५, २०८२
स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

प्रकाशित मिति : असार ५, २०८२
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापाका ५२५ जना हात्ती पीडित राहतका पर्खाइमा

प्रकाशित मिति : असार ५, २०८२
भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

प्रकाशित मिति : असार ५, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3898 shares
    Share 1559 Tweet 975
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    739 shares
    Share 296 Tweet 185
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana