विराटनगर : श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आइतबार विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिएको छ ।
दिउँसो ४ बजे श्री राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको रथयात्रामा हजारौं भक्तजन सहभागी भएका छन् ।
रथले जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक हुँदै कोशी राजमार्ग र बरगाछी चोक परिक्रमा गरेर पुनः मन्दिर परिसरमै पुगेर समापन हुनेछ ।
करिब ९ किलोमिटरको दूरी तय गर्ने यो रथयात्रालाई विराटनगरवासीले विशेष पर्वका रूपमा मनाउने गरेका छन् ।
धार्मिक परम्पराअनुसार रथको डोरी तान्दा पापमोचन हुने र मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका कारण विभिन्न जातजाति र भाषाभाषीका भक्तजनहरू उत्साहपूर्वक सहभागि भएका छन् ।
वर्षौं पुरानो परम्परा मानिएको यो रथयात्राले विराटनगरको धार्मिक–सांस्कृतिक पहिचान झल्काउने गरेको स्थानीयहरूको भनाइ छ ।

भिडियाे














Discussion about this post