इटहरी : बैङ्क केवल मुद्रा राख्ने थलो मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हो । नेपालमा बैङ्क खुलेको ८८ वर्ष पुगेको छ ।
राणाकालीन अवस्थादेखि वर्तमान समय सम्मका नेपालको बैङ्कको इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ ।
मोरङको पथरीशनिश्चरे १ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक सार्वजनिक गरेका छन् ।
नेपालको मुद्रा निष्कासनको इतिहास, राणाकालीनदेखि वर्तमान सम्मको बैङ्किङ इतिहास समेटेर तिम्सिनाले नेपालको बैङ्किङ इतिहास नामक पुस्तक बजारमा ल्याएका हुन् ।
पुस्तकमा नेपालका क र ख श्रेणीका बैङ्कहरूको चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलसम्मकै १८ जना गभर्नरको फोटोसहितको जीवनी, द्वन्द्वकालमा बैङ्कमा भएको आक्रमण, नेपाली बैङ्क मर्जरको इतिहास, राणाकालमा वेलायतबाट फर्केका नेपालमा बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा बिके श्रेष्ठ, विदेशी बैङ्क भित्र्याउने डा. प्रकाश चन्द्र लोहनीसहितको इतिहास मिहिन किसिमले पुस्तकमा समेटेका छन् ।
नेपाली बैङ्कले पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरू, बैङ्किङ क्षेत्रमा महिला सहभागीता, विपद्मा बैङ्कको सहयोग, बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, कानुनहरू, खारेज भएका बैङ्कहरु, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकाल देखिका मुद्रा खोज गरि लेखिएको छ ।
दमकको स्रष्टा छापाखानाले छापेको उक्त पुस्तकसहित तिम्सिनाले १४ वटा पुस्तक लेखिसकेका छन् ।














Discussion about this post