बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै इटहरी २० तरहरामा प्रदर्शन गरिएको छ ।
हिपहप नेपाल नामको यूवा आवद्व संस्थाले कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै प्रदर्शन गरेको हो।
तरहरा बजारको मुख्य चौकमा भेला भएका हिपहप नेपालका अध्यक्ष्य दान बहादुर राई लगायत संस्थामा आवद्व यूवाले बिभिन्न सन्देशमुलक प्ले कार्ड सहित सरकार बिरुद्व नाराबाजी समेत गरेको कार्यक्रमका संयोजक अनुप सुब्बाले बताए ।
सरकारले २०७३ साल भदौ २९ गते घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा दिएको थियो ।
उनी आइकन नेपालमा लोडसेडिङको अन्त्य भएको बताउँदै युवाहरुले उनाई नै पुनः नियुक्तिको लागि माग गरेका हुन् ।
Discussion about this post