इटहरी : इटहरी उपमहानगरपालिका–४ आइतबारे टोलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ।
मोरङको उर्लाबारी नगरपालिका–१० स्थायी ठेगाना भई हाल इटहरी–४ मा कोठा भाडामा बस्दै आएका १९ वर्षीय आकाश कार्कीको कोठामा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले चेकजाँच तथा खानतलासी गरेको थियो।
तलासीका क्रममा कार्कीको कोठाबाट ब्राउनसुगर ३.५८ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post