Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

यी हुन् सुनसरीका सरकारी कार्यालयबाट पक्राउ परेका १७ जना बिचौलिया

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १८, २०८२
in टाकुरा विशेष, समाचार
0
यी हुन् सुनसरीका सरकारी कार्यालयबाट पक्राउ परेका १७ जना बिचौलिया
209
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी र आर्थिक चलखेल गर्दै आएका बिचौलियाविरुद्ध सुनसरी प्रहरीले कारबाही थालेको छ ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले मालपोत कार्यालय इनरुवा तथा यातायात व्यवस्था कार्यालय इटहरी परिसरमा सक्रिय बिचौलियाहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार मिति बुधवार इनरुवा नगरपालिका–३ स्थित मालपोत कार्यालय परिसरबाट १३ जना बिचौलियालाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सेवाग्राहीको काम छिटोछरितो गरिदिने बहानामा अवैध रूपमा रकम असुल्दै आएको गुनासोपछि प्रहरी निरीक्षक प्रकाश पराजुलीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा रामधुनी–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी–५ की २७ वर्षीया अर्चना आचार्य, इटहरी–५ का ५० वर्षीय दीपककुमार दाहाल, इनरुवा–३ की ३२ वर्षीया आयसा मोते, इनरुवा–२ का २४ वर्षीय मिलन मेहता रहेका छन् । यसैगरी इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाल, इनरुवा–८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा–२ का ३५ वर्षीय असिप आचार्य, इनरुवा–६ का ४९ वर्षीय रोशन विक, इनरुवा–१ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीय एकरार आलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताज आलम मन्सुरी रहेका छन् ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।

यसैगरी, इटहरी उपमहानगरपालिका–१० स्थित यातायात व्यवस्था कार्यालय परिसरबाट थप चार जना बिचौलियालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए । उनका अनुसार सेवाग्राहीसँग अवैध रूपमा रकम माग्ने र सेवा प्रक्रियामा अवरोध गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा खटिएको टोलीले यातायात कार्यालय परिसरबाट इटहरी–४ का २७ वर्षीय सुमन ओझा, इटहरी–१० का ४६ वर्षीय शेरबहादुर कार्की, इटहरी–४ का ५० वर्षीय योगेन्द्र ओझा र इटहरी–४ का ४० वर्षीय सूर्य थापालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई हाल इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान भइरहेको डीएसपी हमालले जानकारी दिए ।

प्रहरीले पछिल्लो समय सरकारी कार्यालय परिसरमा बिचौलियाको सक्रियता बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिएको जनाएको छ ।

यो पनि – सुनसरीमा बिचौलियाको बिगबिगी, यातायात र मालपोत कार्यालयबाट दर्जन बढी नियन्त्रणमा

Tags: #सुनसरीटाकुरा विशेषबिचौलिया
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा लागूऔषध गाँजा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा गाँजा बरामद...

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ
FEATURE BREAKING

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

by रासस
बैशाख ७, २०८३
0

झापा : भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ ।...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1312 shares
    Share 525 Tweet 328
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.