Sunday, April 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

कोशी पर्यटन महोत्सव–२०८२ आयोजनाको तयारी, कोशी किनार प्रवर्द्धनमा जोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २३, २०८२
in भिजिट नेपाल, समाचार
0
कोशी पर्यटन महोत्सव–२०८२ आयोजनाको तयारी, कोशी किनार प्रवर्द्धनमा जोड
62
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ‘कोशी पर्यटन महोत्सव–२०८२’ अन्तर्गत कोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सार्वजनिक गरिएको छ।

पत्रकार सम्मेलनमार्फत महोत्सवको तालिका र गतिविधिहरू सार्वजनिक गरिएको हो।

महोत्सवको मुख्य लक्ष्य कोशी प्रदेश भ्रमण वर्ष–२०८२ लाई सफल बनाउँदै स्थानीय धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचार–प्रसार गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत २०८२ चैत २५ गते उद्घाटनसँगै अपराह्न ३ बजे पर्यटक स्वागत र साँझ ६ बजे साकेला तथा झाँगड नृत्यसहित सांस्कृतिक प्रस्तुति गरिनेछ।

चैत २६ गते कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, चराचुरुङ्गी र हात्ती अवलोकन, त्यसपछि रामधुनी मन्दिर दर्शन तथा बोराबाँधमा सूर्यास्त अवलोकनको कार्यक्रम राखिएको छ। साँझ लाखे र धान नाचसहित सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ।

चैत २७ गते वराहक्षेत्र मन्दिर दर्शनपछि वराहक्षेत्रदेखि बोराबाँधसम्म र्‍याफ्टिङ, जेट बोट, एटिभी राइडिङ तथा नौका सयर आयोजना हुनेछ। साथै, १२ नम्बर नोज क्षेत्रमा बिच स्पोर्ट्स र साँझ स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।

महोत्सवमा भारत तथा तेस्रो मुलुकका करिब १५० पर्यटकसहित आन्तरिक पर्यटकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आगन्तुकलाई स्थानीय जातीय तथा रैथाने परिकारको स्वाद पनि उपलब्ध गराइनेछ।

पत्रकार सम्मेलनमा संयोजक अङ्गत राईले कार्यक्रमको अध्यक्षता गरेका थिए भने कोशी प्रदेश भ्रमण वर्ष–२०८२ का सहसंयोजक भविश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।

पर्यटन कार्यालय धरानका अधिकृत केशव फुयाँल अतिथिका रूपमा सहभागी भएका थिए।

Tags: #पर्यटनमहोत्सव
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
समाचार

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

by टाकुरा न्यूज । इटहरी
चैत्र २८, २०८२
0

संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित कोशी राजमार्गमा भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर...

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा
विविध

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

by टाकुरा न्यूज । इटहरी
चैत्र २८, २०८२
0

सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बाँसको चेफामा बसेर पानीको बहाव सँगसँगै यात्रा गरिरहेका किसान । भोजपुर, उदयपुर, धनकुटालगायत विभिन्न...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ

चैत्र २८, २०८२
यातायात कार्यालय इटहरीमा अनियमितता, प्रमुख मन्त्रालय तानिए

लाइसेन्स ‘सेटिङ’ आरोपमा यातायात इटहरी कार्यालयका तत्कालीन प्रमुखले पाए उन्मुक्ति

चैत्र २८, २०८२
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

चैत्र २८, २०८२
एसिएन हाइवे : काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त, कारण इन्धन संकट

एसिएन हाइवे : काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त, कारण इन्धन संकट

चैत्र २८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

चैत्र २८, २०८२
सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

चैत्र २८, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ

चैत्र २८, २०८२
यातायात कार्यालय इटहरीमा अनियमितता, प्रमुख मन्त्रालय तानिए

लाइसेन्स ‘सेटिङ’ आरोपमा यातायात इटहरी कार्यालयका तत्कालीन प्रमुखले पाए उन्मुक्ति

चैत्र २८, २०८२



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1071 shares
    Share 428 Tweet 268
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    687 shares
    Share 275 Tweet 172
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    368 shares
    Share 147 Tweet 92
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    331 shares
    Share 132 Tweet 83
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    215 shares
    Share 86 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.