पाँचथर : सुनसरीको झुम्का कारागारबाट फरार भएका एक कैदीलाई पाँचथरबाट प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ३५ वर्षीय रमेश लावती रहेका छन्। उनी कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका थिए।
विशेष सूचनाका आधारमा आफ्नै घर मितोकबाट लावतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिषकुमार कर्णले जानकारी दिए। उनी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए।
प्रहरीका अनुसार सोही घटनासँग सम्बन्धित फरार कैदीहरूको खोजी जारी रहेको छ। पाँचथर प्रहरीले हालसम्म उक्त प्रकरणमा १३ जनालाई पक्राउ गरिसकेको जनाएको छ।














Discussion about this post