संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित कोशी राजमार्गमा भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
शनिबार अपराह्न सवा ४ बजे तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब १० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
दुर्घटनापछि विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार र नेपाली सेनाको इन्द्रदल गुल्मको टोलीले घाइतेहरूको उद्धार गरी मनकामना अस्पताल पठाएको थियो। उपचारका क्रममा खाँदबारी–९ का ११ वर्षीय मनीष कुमालको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमाल गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार जारी छ।
ट्याक्टर चालक खाँदबारी–९ सागुरीका २० वर्षीय सुशान लिम्बु घटनापछि फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
- प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्याक्टर अनियन्त्रित भई सडकबाट खसेको देखिए पनि दुर्घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।















Discussion about this post