Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

रासस by रासस
साउन ३०, २०८३
in विविध, समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क बजार र सेलुखर्क-१ राखाबाङ्देलको सिमानामा पर्ने लिदिङ खोलामा दुई वर्षभित्र बन्नुपर्ने मोटरेबल पक्की पुल निर्माण नहुँदा स्थानीयले जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

दुई वर्षमा बन्नुपर्ने पुल छ वर्षसम्म नबनेपछि स्थानीयसहित विद्यार्थीलाई सास्ती हुँदै आएको हो ।

कच्ची सडकमार्फत हिउँदको समयमा मात्र यातायात सञ्चालन हुँदै आएको लिदिङखोलामा मोटरेबल पुल विसं २०७९ भदौ २४ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७७ फागुन २८ गते ठेक्का लगाइएको थियो ।

निर्माण कम्पनी पुष्पाञ्जली-जिम्बा जेभीको ढिलासुस्तीका कारण हालसम्म यहाँ पक्की पुल बन्न नसकेको हो ।

छिमेकी जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिका नजिक रहेको राखाबाङ्देलबाट आफ्नो गाउँपालिकाको केन्द्र ऐसेलुखर्क बजार तथा सदरमुकाम दिक्तेल जानआउन यही लिदिङखोला पार गर्नुपर्छ ।

तर लिदिङखोलामा मोटरेबल पक्की पुल नहुँदा चार पाङ्ग्रे यातायातका साधन वारपार गर्ने अवस्था छैन । पैदल तथा मोटरसाइकल वारपार गराउन काठको साँघु निर्माण गरिएको स्थानीय बताउँछन् ।

स्थानीयद्वारा निर्मित लिदिङखोलाको साँघु भाँचिदा पटकपटक दुर्घटना हुने गरेको सेलुखर्क-१ का वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए ।

“निर्माणस्थलमा पुलको दुईवटा स्तम्भ ठडिएको देखिन्छ । यो पुल निर्माणका लागि पाँचौँपटक म्याद थप गरियो । अन्तिमपटक थप गरिएको म्याद आगामी पुस ३० गते सकिँदैछ”, उनले भने, “लिदिङखोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष रु दुई करोड १० लाख बजेट विनियोजन गरेको छ । तर, ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म काम अगाडि बढेको छैन । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

कोशी प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा लिदिङखोलामा पुल बनाउने गरी ठेक्का लगाइएको थियो । ठेकेदार कम्पनीको लापरबाहीले सुरुमा काम नभएपछि प्रदेश सरकारबाट विनियोजन भएको रु ५० लाख बजेट फ्रिज भएर गएको वडाध्यक्ष राजभण्डारीले जानकारी दिए ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण काम नहुँदा व्यायभार गाउँपालिका एक्लैले खेप्नुपरेको गाउँपालिकाका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिए ।

“यहाँ समयमा पुल निर्माण गर्नका लागि गाउँपालिकाले पर्याप्त बजेट उपलब्ध गराएको छ । तर ठेकेदार कम्पनीको लापरबाहीका कारण छ वर्ष बितिसक्दा पनि अलपत्र छ”, उनले भने, “समयमा काम स्थानीयले यात्रामा सास्ती खेप्दै आएका छने । पछिल्लो पटक थप गरिएको म्यादमा पनि ठेकेदार कम्पनीले काम नगरेको खण्डमा कानुनी कारबाही गर्छौं ।”

पुल निर्माणका लागि पहिले बगिरहेको खोलाको पानीलाई धार परिवर्तन गरेर अर्कोपट्टी लगाइएको छ । खोलाको धार परिवर्तन गरिएकाले हिउँद/वर्षा जुनसुकै समयमा पनि कामलाई अवरोध हुँदैन ।

ठेकेदारको लापरबाहीले निर्माणाधीन मोटरेबल पक्की पुलको काम ढिलाइ हुँदा आफूहरू समस्यामा परेको स्थानीयले गुनासो गरेका छन् ।

पछिल्लोपटक थप भएको म्यादभित्र स्ल्याब ढलानसहित सम्पूर्ण काम सम्पन्न गरेर गाउँपालिकालाई पुल हस्तान्तरण गर्ने योजना रहेको ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि डेबिट राईले बताए ।

“स्तम्भ निर्माण सकिएको छ । स्ल्याब ढलानका लागि गिटी र बालुवा निर्माणस्थलमा झारिसकेका छौँ”, उनले भने, “वर्षाका कारण अहिले सबै सडक अवरुद्ध छ । हिउँद लाग्नासाथ फलामे डण्डी र सिमेन्ट निर्माणस्थलमा झारेर स्ल्याब ढलानको काम गर्छौँ ।”

लिदिङखोलामा निर्माणाधीन कारण २६ दशमलव २० मिटर लामो मोटरेबल पक्की पुलका लागि निर्माण व्यवसायीले हालसम्म रु एक करोड १४ लाख २८ हजार ४२७ भुक्तानी लिइसकेको गाउँपालिकाले जनाएको छ ।

छिमेकी जिल्ला सोलुखुम्बुका स्थानीयलाई समेत लक्षित गरेर निर्माण सुरु गरिएको उक्त पुल रु तीन करोड २० लाख १८ हजार ९१० मा निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।

Tags: #खोटाङपुल
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की
समाचार

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका (तीज) पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
समाचार

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    827 shares
    Share 331 Tweet 207
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    739 shares
    Share 296 Tweet 185
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.