Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
in समाचार
0
इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

मृतक सागर रेग्मी ।

763
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु भएको छ ।

आज (आइतबार)बिहानको राति करिब २ः५० बजेतिर इटहरीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ बालग्राममा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी, इनरुवा नगरपालिका–३ का अन्दाजी ३४ वर्षीय सागर रेग्मी र सोही स्थानका २९ वर्षीय पारस थापाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पुष्टि गरे ।

‘आज बिहानको राति दुःखद् घटना भएको जानकारी आएपछि अहिले हामी अस्पतालमै छौँ,’ अर्यालले टाकुरा न्यूजसँग भने, ‘दुवैजनालाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवामा पठाइएको छ । करिब आधा घण्टापछि इनरुवा अस्पतालमा पोस्टमार्टम गर्ने तयारी छ ।’

आफूले पनि उक्त घटना थाहा पाएपछि अपत्यारिलो र विक्षिप्त बनेको प्रजिअ अर्यालले बताए ।

रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार सेवामा कार्यरत कर्मचारी थिए । उनी प्रमुख जिल्ला अधिकारीका स्वकीयका रूपमा कार्यरत थिए । अर्का मृतक थापा पनि यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमै करारमा कार्यरत रहेपनि केही समयअघि मात्रै राजीनामा दिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनामा गम्भीर घाइते भएका दुवैजनालाई प्रहरी टोलीले उद्धार गरी बिहान ३ः२३ बजेतिर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

उपचारका क्रममा रेग्मीको बिहान ४ः५२ बजे र थापाको बिहान ५ः११ बजे मृत्यु भएको चिकित्सकले पुष्टि गरेका थिए ।

प्रहरीका अनुसार घटनास्थलमा थापा हेल्मेट लगाएको अवस्थामा भेटिएका थिए । रेग्मी मोटरसाइकल पछाडि सवार थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags: दुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड
समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जलवायुजन्य विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दिगो बनाउन विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र...

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
खेलकुद

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर : विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल...

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

अशोज २७, २०८३
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

अशोज २७, २०८३

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.