इटहरी : प्रहरी जवान ज्ञान बहादुर बस्नेत र अशोक राई सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
मोरङको प्रहरी चौकी कर्सिया दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत र प्रहरी चौकी हर्कपुर ओखलढुङ्गा दरवन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूहमा कार्यरत अशोक राई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
उनीहरूले कर्तव्य ज्यान, अपहरण गरी शरीर बन्धक जस्ता जघन्य प्रकृतिका अपराधमा संलग्न प्रतिवादीहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।














Discussion about this post