इटहरी : सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीमा यात्रुवाहक बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ३८६८ नम्बरको बसले ठक्कर दिँदा स्थानीय मोहमद मोख्तार मियाँकी छोरी अन्दाजी ५ वर्षीया असियाना खातुनको मृत्यु भएको हो ।
बालिकाले बाटो क्रस गर्दै गरेको अवस्थामा बसले दिउँसो ३ः३५ बजेतिर ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध केहीबेर बनाएका थिए ।
दुर्घटनालगत्तै प्रहरीले बस र चालक इटहरी उपहानगरपालिका–१६ का ३७ वर्षीय शिवजी निरौलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post