इटहरी : नेपाल पत्रकार महासंघ सुुनसरीले जिल्लाका पत्रकारकाे हितमा तीन महत्त्वपूर्ण निर्णय गरेकाे छ । आज भएको भर्चुअल (जुम) मार्फत भएको बैठकले पूर्व अध्यक्ष, सल्लाहकार सहित बसेकाे बैठकमा कार्यसमितिले तीन महत्त्वपूर्ण निर्णय गरेकाे हाे ।
जिल्लामा कार्यरत काेही पत्रकारलाई कोरोना लागेमा उद्धार गर्नलाई सहजीकरण गर्ने समिति निर्माण गरेको छ ।
अध्यक्ष जनकऋषि राईको संयोजकत्वमा सह-सचिव भोला श्रेष्ठ, सदस्य वीरेन्द्र साह, आरबी कट्वाल, सुुस्मिता राई र सुुबिन बिश्वकर्मा सदस्य रहेको उद्धार तथा सहजीकरण समिति निर्माण गरेको हो ।
त्यस्तै, बैठकले उपाध्यक्ष गणेश निरौलाको संयोजकत्वमा कोषाध्यक्ष अजित झा, सदस्यहरु विवेक विवश रेग्मी, संगम बिष्ट र देबिका चाम्लिङ सदस्य रहनेगरी जिल्लाका पत्रकारलाई फेलोसिप तथा संचारगृहलाई सहयोग सहजीकरण समिति निर्माण गरेको छ ।
त्यस्तै, सचिव ध्रुुव ढकालको संयोजकत्वमा जिल्लामा भएका पत्रकारहरुको अवस्था तथ्याङ्क संकलन समिति निर्माण भएको छ ।
बैठकमा महासंघ सुुनसरीका सल्लाहाकार सन्तोष काफ्ले, पूूर्व अध्यक्ष राजेश बिद्रोही, आनन्द श्रेष्ठ, कृष्ण अधिकारी र निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य अमर खड्काले पत्रकारहरुको अवस्था बुझेर आवश्यक सहयोग उपलब्ध गराउन सुझाव दिएका थिए ।
उनीहरूले अहिलेको समयमा संचारकर्मीहरुलाई परेको समस्या समाधानमा महासंघ लाग्नुुपर्नेमा जोड दिएका थिए ।
हाल महासंघले जिल्लाभरीका विभिन्न स्थानीय तहसँग समन्वय गरी पत्रकारहरुकाे लागि आइसोलेसन निर्माण गर्ने विषयमा समेत छलफल भइरएको सचिव ध्रुव ढकालले जानकारी दिए ।














Discussion about this post