सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ६ का ६४ वर्षीय देवीप्रसाद तामाङ र ३२ वर्षीय मणिकुमार तामाङलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गत चैत ३० गते राति पौने १० बजेको समयमा स्थानीय देवीप्रसाद तामाङ र ४१ वर्षीय गणेश भनिने मानबहादुर तामाङबीच सामान्य वादविवाद भइ झैझगडा हुँदा बाबुलाई कुटपिट गरेको भन्दै देवीप्रसादका छोरा ३२ मणिकुमार तामाङले मानबहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनी घाइते भएका थिए ।
घाइते मानबहादुरलाई उपचारको लागि विराटनगरको न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा बैशाख ३ गते बिहान मृत्यु भएको थियो ।
घटना लगत्तै फरार रहेका दुवैलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बैशाख ३ गते नै पक्राउ गरेको हो ।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post