सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३५ प ७१३८ र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ६३४२ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार साँझ ७ः३० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा ६३४२ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैँचा ९ का ३५ वर्षीय नवराज राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा राति ८ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्को मोटरसाइकलका चालक सुन्दरहरैँचा ११ का २८ वर्षीय विमल इजम र पछाडि सवार सुन्दरहरैँचा ९ का ३२ वर्षीय इन्द्रकुमार लिम्बू घाइते भएका छन् ।
घाइतेहरूको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post