मोरङ : मोरङको निर्वाचन क्षेत्र ३ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन आह्वान गरिएको छ ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ का सभापति गणेशकुमार खड्काद्वारा जारी विज्ञप्ति अनुसार आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकालाई जिताउन आह्वान गरिएको हो ।
‘संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व सामाजिक सञ्जाल तथा विभिन्न किसिमका भेला, बैठक गर्दै आएका गतिविधिहरू तत्काल बन्द गरी गठबन्धनका आधिकारिक उम्मेदवारहरूको गतिविधिमा सरिक हुन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
यस्ता गतिविधिलाई निरन्तरता दिएमा अनुशासन उल्लघंन विरुद्वको कारबाहीको प्रक्रिया समेत अगाडि बढाइने विज्ञप्तिमा उल्लेख छ ।
मोरङ क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा. सुनील शर्मा प्रतिनिधिसभाको उम्मेदवार छन् ।














Discussion about this post