सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा नगरपालिका १० खोर्सानेमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
को ३४ प ७२५१ नम्बरको स्कुटरको ठक्करबाट सोही ठाउँका ३८ वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स्कुटरले गुरुङलाई बिहीबार साँझतिर ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटर चालक ३५ वर्षीय ललित उराँव पनि सामान्य घाइते भएका छन् । उनको नोबेल अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post