सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रदेश नम्वर १–०२–००१ ख ९४३० नम्बरको ट्रकले को ३५ प ६७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बूढीगंगा गाउँपालिका ७ का ३२ वर्षीय सुमित खवासको मृत्यु भएको हो ।
धरानस्थित वीपी प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक र चालक झापा हल्दिबारी २ का ३५ वर्षीय धीरेन राजवंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post